प्रणेश गौतम साधारण तारेखमा रिहा
फिल्म ‘वीर बिक्रम २’ पीजि समिक्षा गरेको आधारमा अनुसन्धानका लागि थुनामा रहेका प्रणेश गौतम रिहा भएका छन् । गत विहिबार साँझ रिहा भए पनि शुक्रवार अदालतमा मुद्धा दर्ता नभएको कारण पुनः उनी कस्टडीमा नै बस्नु परेको थियो ।
जिल्ला अदालत काठमाडौंको आदेशमा अदालत खुलेसंगै आइतवार गौतमलाई साधारण तारेखमा रिहा गरिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले जेठ २७ गते गौतमलाई नियन्त्रणमा लिएको थियो । फिल्मका निर्देशक मिलन चाम्सको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
प्रतिक्रिया