अन्जली अधिकारीको ‘अक्सर छाता छुट्ने गर्छ’

भिम श्रेष्ठको आवाजमा गीत ‘अक्सर छाता छुट्ने गर्छ’ सार्वजनिक भएको छ । गीतमा रामहरी भेटवाल र सन्दीप पुडासैनीको शब्द, पुडासैनी कै संगीत तथा सैलेन्द्र एम प्रधान (बाबु) ले संगीत संयोजन गरेका छन्।  भिडियोमा प्रदीप लामा र अन्जली अधिकारी फिचर्ड छन् । अभिनाश मानन्धरले क्यामेरा तथा ड्रोन चलाएको भिडियोमा छायांकन तथा निर्देशन अनिल के मानन्धरको रहेको छ।