को हुन् नम्रताको राजा ?
हिरोइन नम्रता श्रेष्ठले ३३ वर्षको उमेरमा जन्मदिन मनाइन् । ३३ वर्षमा लागेकी अविवाहित हिरोइनको जन्मदिनमा संचारमाध्यम भेला थिए ।
नम्रताले संचारमाध्यमसँग जन्मदिन मनाएको पाइदैन । तर, संचारमाध्यमसँग सम्बन्ध टाढा भएपछि उनले जन्मदिन मनाउने निर्णय गरेकी हुन् ।
नम्रताले जन्मदिनमा आफूलाई पहिलो शुभकामना राजाले दिएको बताइन् । दोश्रो शुभकामना उनलाई अनुप विक्रम शाहीले दिए ।
उनले राजाले शुभकामना दिएको बताइन् तर राजा को हुन् भनिन् ? श्रेष्ठ दावा शेर्पाको प्रेममा छिन् ।
नम्रताले नाम नलिएपनि राजा भनेर दावालाई नै भनेको अड्कल लगाइएको छ । नम्रता र दावाले केही बर्षदेखि प्रेमलाई गोरेटेमा लगिरहेका छन् ।
नम्रता दावासँग खुशी छिन् । बिहेको बारेमा भने उनले कुनै कुरा भनिनन् । नम्रताले भनेको राजा दावा नै हुन् भने, उनले प्रेमीलाई राजा भनेर बोलाउँछिन् भनेर वुझ्दा भयो नी ।
प्रतिक्रिया