नाना पाटेकरको सफाईमा तनुश्रीको आक्रोश
भारतीय अभिनेत्री तनुश्री दत्ताले चर्चित भारतीय कलाकार नाना पाटेकरले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै मुम्बई प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले पर्याप्त प्रमाण नपुगेको भन्दै पाटेकरलाई बिहीबार सफाई दियो ।
दत्ताले उक्त निर्णय प्रति आक्रोस देखाउदै ‘भ्रष्ट प्रहरी फोर्सले झनै भ्रष्ट व्यक्तिलाई सफाई दियो ।’ भनेकी छन् । ३५ वर्षे अभिनेत्री दत्ताले १० वर्षअघि एउटा फिल्मको सेटमा पाटेकरले आफूलाई यौन दुर्व्यवहार गरेको र राजनीतिक पहुँचको दुरुपयोग गर्दै गुण्डा पठाएर धम्क्याएको आरोप लगाएकी थिइन् । विवादास्पद बोलीका कारण उनी समय समयमा चर्चामा आउने गर्छिन् ।
प्रतिक्रिया