मिम नेपालका प्रणेश गौतम रिहा

वीर बिक्रम २ को पीजि समीक्षा गरेको भनेर परेको उजुरीका आधारमा एक हप्ता अगाडीबाट कस्टडीमा रहेका प्रणेश गौतम बिहिवार बेलुका हाजिरी जमानीमा छुटेका छन् ।

उनी प्रहरीको सम्पर्कमा रहने गरि छुटेका हुन् । हाजिरी जमानीमा छुटेका उनले तारेख भने धाउनु पर्ने छ । आज शुक्रवार जिल्ला अदालत काठमाण्डौमा सुनुवाई रहेको जानकारी प्राप्त भएको छ । गाली बेइजती तथा मानहानीको जाहेरी दर्ता हुनु पर्नेमा फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले विधुतीय कारोबार ऐन अन्तर्गत रहेर जाहेरी दिएका थिए ।