ब्रेकअपपछि पछुताउने परमिता

आयुष्मान देशराज जोशी र हिस्सी लामासँग प्रेम टुटेर गएपछि परमिता आर एल राणालाई पछुतो छ । पछुतो पनि धेरै छ ।

परमिता प्रेममा पर्दा प्रेमीलाई राजा भन्छिन् । प्रेमीले औठी दिदा भावूक बन्छिन् । तर, प्रेमले ब्रेकअपममा नमिठो स्वाद दिन्छ । परमिताले स्वाद चाखेकी छिन् ।

अभिनेत्री परमिता आर एल राणाले क्विन गीत आफ्नो कथामा गाएकी छिन् । उनले यूवतीलाई बलियो बनाएर गीत गाइन् ।

परमितालाई अब यूवाको साथ चाहिदैन भन्ने छ । परमिता आफू एक्लै जीवन जीउन सक्छु भनेर क्विन एल्बमबाट गायिका बनेकी छिन् ।

परमिताले ब्रेकअपबाट एक्लै पनि जीवन पुरा छ भनेर सिकेको बताइन् । परमिताले ब्रेकअपपछि सिक्न त धेरै कुरा सिकिन् ।

तर, परमिता प्रेममा पर्दा भावूक धेरै हुन्छिन् । भावनामा बगेकी छिन् । फेरि यस्तै होला कि नहोला ? परमिता अब एक्लै पुरा हुने सोचमा हिडेकी छिन् त ?