माछा बजार कि कलाकार संघको चुनाव ?
कलाकार देशका गहना । उनीहरुलाई धेरैले आफ्नो आदर्श मान्ने गर्छन् । हिजो जेष्ठ २५ गते कलाकार संघको निर्वाचन सम्पन्न भयो । आन्तरिक गुठबन्दी, पार्टी प्रतिको झुकाव, आँशु धेरै कुरा चल्यो यो समय सम्ममा ।
यी सबै बिषयलाई छोडौ, चुनाव भैरहेको वातावरणलाई मात्रै नियाल्दा यो कुनै संघको चुनाव भन्दा पनि माछा बजार जस्तो देखिन्थ्यो । एक अर्कालाई देखाउन कै लागि हो या साचै माया उर्लेको ! उमेर्द्वार र भोट खसाल्न आएकाहरुको अंकमाल अलि बढि नै देखिन्थ्यो । त्यति मात्र नभएर एक अर्कालाइ आँखा तरेको र बेवास्था गरेको समेत देखियो । यति मात्र नभई चिनेकोलाई दिन्छु नचिनेकोलाई दिन्न भनेको सम्म भोटिंग स्थलमा सुनिन्थ्यो ।
सभ्य रुपमा उपस्थित हुन पर्नेमा भोट खसाल्ने क्रममा समेत ठेलमठेलको स्थिति देखिन्थ्यो । कलाकारको चुनाव हुदै छ या माछा बजारको हल्ला छुट्याउन गाह्रो पर्ने अवस्था रहेको थियो ।
प्रतिक्रिया