प्रेममा परेपछि श्रृष्टीको फेरियो भावना

अभिनेत्री श्रृष्टी श्रेष्ठको प्रेममा छन् सौगात मल्ल । सौगात र श्रृष्टीले बिहे गर्ने बताएका छन् ।

अहिलेको अवस्था रहेको खण्डमा बिहे हुन्छ भनेर श्रृष्टीले भनिसकेकी छिन् । बिहे हुँदा श्रृष्टी र सौगात खुशी हुन्छन् ।

सौगात मल्ल र श्रृष्टी श्रेष्ठले प्रेमको भाषा बोल्न  थालेका छन् । श्रृष्टीमा प्रेमको परिभाषा अझै धेरै आउँछ ।

श्रृष्टीले प्रेमको बारेमा ज्ञान नै हासिल गरेजस्तो छ । उनले प्रेमको बारेमा भनेको कुरा चित्त वुझ्दो छ कि छैन ?

श्रृष्टीको अनुसार प्रेम भनेको तपाइले गर्ने होइन रे । प्रेम भनेको त तपाई नै हो रे । आफूले फेर्ने हरेक श्वासमा प्रेम हुनपर्छ रे ।

श्रृष्टीको यो शब्द बाढी प्रेममा परेपछि आउने भाषा हो । श्रृष्टी प्रेममा परेपछि आफूलाई पनि प्रेम गर्न थालेकी छिन् । उनले त आफूलाई नै प्रेम गर्न थालेकी छिन् । आफ्नो श्वासलाई नै उनी प्रेम गर्छिन् ।

प्रेमको ज्ञान अब श्रृष्टीबाट लिनपर्छ । श्रृष्टी लभ गुरु भएकी छिन् । प्रेमले केके सिकाउँछ भन्छन्, हो रहेछ ।