गोदार र डिसीको ‘अरेली’ सार्वजनिक

शक्ति कुमार गोदार र अस्मिता डि.सिको स्वर रहेको ‘अरेली’ बोलको लोक दोहोरी सार्वजनिक भएको छ । दिपेन्द्र ठकुरीको लय तथा शब्द सृजना भएको उक्त गीतलाई बिनोद बाजुरालीले संगीत संयोजन गरेका छन् । मौसम हिमालीको निर्देशनमा तयार पारिएको भिडियोमा गायक तथा मोडल रामजी खाँड, अनिल सुनार र संगीता सुनारको अभिनय रहेको छ । भिडियोलाई करण चैसिरले छायांकन साथै प्रबिण भट्टले सम्पादन गरेका छन् ।