वर्षापछि आँचलको रहर बढ्यो

जेठ महिना चलिरहेको छ । जेठ महिनामा बिहे गरेको सुनिदैन । जेठ महिनामै नेपाली फिल्ममा काम गरिरहेका अविवाहित अभिनेत्रीलाई बिहेको रहर जाग्न थालेको छ ।

अभिनेत्री बर्षा सिवाकोटीले रहर छ भनेर लेखेकी छन् । बर्षालाई बिहेको रहर पलाएको छ । वर्षाले विर विक्रम २ रिलिज भएपछि  विहे गर्न खोज्नु संयोग मात्र त होइन होला ?

विहेको रहर वर्षालाई मात्र होइन । विहेका रहर अभिनेत्री आँचल शर्मालाई पनि परेको छ । आँचल शर्मा दुलहीको घुम्टो ओडेरै विहे गर्ने रहर जगाइरहेकी छन् । उनी लजाएकी पनि छन् । उनका फ्यानले उनलाई दुलही बनेको हेर्न चाहेका छन् ।

आँचल शर्माको लभ अभिनेता पल शाहसँग थियो भनिएको छ । उनीहरुको व्रेकअप भयो पनि भनिएको छ । आँचललाई भने विहेको रहरले उत्पात गरिसक्यो ।

जेठ महिना लागेपछि अभिनेत्रीहरुमा विहेको रहर किन पलाएको हो ? वैशाख महिनामा नै आटेको भए हुने ? अब असारमै आटे पनि भयो त ?