के निर्माता बन्न खोज्दा प्रदिपलाई झट्का लाग्या हो ?

एउटा हिरोले गर्ने भनेको काम हो । फिल्ममा राम्रो काम गरेर दर्शकलाई तान्ने । तर, हिरो निर्माता बन्न खोज्यो र फिल्मको सम्पादन टेबलमा पनि आफै बस्यो भने संकेत राम्रो हुँदैन ।

अभिनेता प्रदिप खड्काका लागि यही कारण देखिन थालेको छ । रोज र लभ स्टेशन फिल्मको बिषयमा प्रदिपले हिरो मात्र भएर बोलेनन् । लभ स्टेशनका लागि त उनी निर्माता नै बनेका थिए ।

प्रदिपको बोलीमा हिरोको भाव झल्किएन, बरु उनी निर्माता बढी देखिए । फिल्म नचलेपछि प्रदिपलाई समस्या पर्न थालेको छ ।

प्रदिपलाई लिएर कबड्डी फिल्म बनाउन लागेका निर्देशक रामबाबु गुरुङ उनीबाट तर्किएको समाचार बाहिरिनुले पनि पुष्टी गर्ने आधार देखाउँछ । लभ स्टेशनको व्यापार हेरेपछि कबड्डी संझौता गर्ने भनेर बसेका रामबाबु लभ स्टेशन नचलेपछि हच्किएका हुन् । अब, प्रदिपको ठाउँमा अभिनेता निश्चल बस्नेतलाई नै लिएर फिल्म बनाउने उनको तयारी छ ।

प्रदिप खड्काका लागि कबड्डीको एउटा राम्रो सिक्वेल गुमेको छ । प्रदिप निर्माता बन्न खोज्दा लभ स्टेशनबाट चिप्लिए । अब प्रदिपलाई दर्शकले हिरो मात्र देख्न पाउछन् कि ?