आँचल–पलको मायामा दुरी ?

 

अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मालाई पत्रकारले प्रेमको बारेमा सोधेर हैरान नै बनाए । पल र आँचललाई प्रेमको बारेमा सोधिएका प्रश्नलाई हेडलाइन बनाएर युटुबमा भ्यूजको बाढी नै लाग्यो ।

फाइदा कसलाई भयो हिसाब नगरौ । तर, लिने र दिने दुबैलाई फाइदा भयो । पल र आँचलको जोडीलाई दर्शकले आप जोडी नामकरण पनि गरेका हुन् ।

तर, अहिले पल र आँचलको मायामा दुरी देखिएको छ । पल र आँचलको सम्बन्ध टुटेको छ भनेर खबर आइरहेका छन् । आँचलले त पलसँग कहिले पनि प्रेम नभएकाले टुट्ने र जोडिने कुरा नआउने पनि जवाफ दिएकी छिन् । तर, पल साथीको रुपमा आफूसँग सधै नै रहने आँचलले बताएकी पनि छिन् ।

पल र आँचलको मायामा देखिएको दुरी अहिले कार्यक्रममा पनि देखिन थालेको छ । पल र आँचलको सम्बन्धको बिषयमा अहिले पत्रकारले पनि रुची राख्न छाडेका छन् । पल र आँचलकै हेडलाइन बनाएर भिडियो राम्रै बिकाएका युटुबरहरु पनि दुइको सम्बन्धको बिषयमा कम चासो राखिरहेका छन् ।

पल र आँचलको मायामा दुरी आएको छ । अब, यो दुरी संचारमाध्यममा पनि देखिन थालेको छ । आँप जोडी अलग भएको चर्चा चलेको छ । अब, यो चासो कमजोर हुदै गएको पनि छ ।