दर्शक कसका हुन् ?

नेपाली फिल्मको व्यापार बारे स्पष्ट बोल्न कोही मान्दैनन् । झन्, फिल्म चल्ने बेलामा त कुनै पनि निर्माताले मेरो फिल्म चलेन भनेर जवाफ दिएका छैनन् । सबैले फिल्म चलेको नै बताउँछन् । फिल्म चल्दैन भनेर आफ्नो दम्भ कमजोर बनाउन कुनै पनि निर्माताले चाहेको पाइदैन ।

झन्, दुइवटा फिल्म एकसाथ चलेको अवस्थामा त एउटै हलमा आएका दर्शक तेरा र मेरा भन्ने झगडा चल्छ ।

शनिबार राजधानीको गोपीकृष्ण मुभिजमा अभिनेता अनमोल केसी पुग्दा त्यस्तै भीड थियो भने आइतबार अभिनेता सलिनमान बनियाँ पनि पुग्दा त्यस्तै भीड थियो ।

फिल्मको भीड हेर्दा दुबै सिनेमाले गोपीकृष्णमा राम्रो कमाएको भान हुन्छ नै । तर, दुबै फिल्मका हिरो जादा देखिने भीडभाड कसका लागि हो ?

गोपीकृष्ण, अष्टनारायण, गुण हल जस्ता धेरै पर्दा भएका फिल्मको हलमा हिरो हिरोइन जाँदा दर्शक एकत्रित हुन्छन् । यसले गर्दा दुबै फिल्ममा दर्शकको भीड हुन्छ ।

तर, फिल्मको भीड भएपनि निर्माताले सबै दर्शक आफ्नै हुन् भनेर बेच्ने गरेका छन् । बाहिरबाट हेर्दा दर्शकलाई पनि सबै दर्शक हलमा जाने हिरोकै हुन् कि जस्तो लाग्छ ।

तर, बाहिर देखिने भीड हल भित्र हुँदैन । भीड देखेर हिरो त मख्ख, तर निर्माता खिन्न । सधै यस्तै त हो ।