छक्का पन्जा टिमले नाम छाड्यो, तर छाडेन एउटा कुरा
नेपाली फिल्मका लागि एउटा फिल्म ब्रान्ड बनेको छ । ब्रान्ड बनेको फिल्म हो, छक्का पन्जा । तेश्रो सिरिजमा आउँदासम्म छक्का पन्जाले कमाइमा नयाँ नयाँ रेकर्ड राखिरहेको छ ।
यसपटक भने दिपकराज गिरी, केदार घिमिरे र यो टिमले अर्का निर्मातामाथि विश्वास गरेको छ । निर्देशक पनि अर्कैमाथि विश्वास गरिएको छ ।
दिपेन्द्र लामाको निर्देशनमा रोहित अधिकारीको लगानीमा बन्ने फिल्ममा आमा सरस्वती मुभिजले विश्वास गरेको छ । तर, दिपकराज गिरी र उनको टिमले एउटा कुरा भने छाड्न सकेन ।
दिपकराज गिरी र रोहित अधिकारीले बनाउन लागेको फिल्मको नाम ‘छ माया छपक्कै’ राखिएको छ । यसपटक छक्का पन्जाको ब्रान्ड छाडिएको छ ।
तर, यसपटक जुन फन्ट प्रयोग गरिएको छ, त्यो छक्का पन्जाकै फन्ट हो । दिपकराज गिरी, केदार घिमिरे, दिपाश्री निरौला र रोहित अधिकारीले छक्का पन्जाकै फन्टलाई निरन्तरता दिएका छन् । नाम मात्रै फेरेपनि फिल्मलाई छक्का पन्जाकै ब्रान्ड हो भनेर देखाउन खोजिएको छ ।
यसपटक दिपकराले नाफाको ५० प्रतिशत लिने गरि काम गर्दैछन् । यही भएर पनि उनलाई यो फिल्मले ठूलो कमाई गर्न आवश्यक छ । यसैले त होला, नाम छाडेपनि फन्ट छाड्न नसकिएको ?
प्रतिक्रिया