आर्यनको ज्यानको महत्व कसले वुझ्ला ?
फिल्म चलोस् वा नचलोस्, अभिनेता आर्यन अधिकारीलाई कुनै फरक परेको छैन । उनी, जुन तरिकाले नेपाली फिल्ममा प्रवेश गरेका थिए अहिले पनि उनको मिहिनेत उस्तै छ ।
अभिनेता आर्यन अधिकारीको ज्यान बनाउने गती घटेको छैन । फिल्ममा प्रवेश गर्दा उनलाई धेरैले बलिउडका अभिनेता टाइगर श्राफको रुपमा दाजेका थिए । टाइगर श्राफ उनलाई भन्नुको कारण, उनको शरीर थियो ।
सिक्स प्याक बनाएर हिरो हुने नेपालमा अभिनेता कम छन् । आर्यनको वर्कआउट हेर्दा उनले जस्तो मिहिनेत गर्ने हिरो नेपालमा देखिदैनन् । तर, आर्यनको यो सुगठित शरीरको महत्व कुन निर्देशकले वुझ्ने ?
उनलाई लिएर उनको शरीर अनुसारको फिल्म कसले बनाइदिने ? आर्यनले अभिनय गरेको बाँध मायाले फिल्म यो बर्ष असफल भयो । यसले उनलाई ब्याक बनाइदिएको छ । तर, उनलाई लिएर बलिउडमा टाइगरको जस्तै द्धन्द्धात्मक फिल्म बनाउन सके, बल्ल उनको मिहेनतको अर्थ लाग्थ्यो कि ?
प्रतिक्रिया