बिजेपी बिरुद्ध ६०० बढी भारतीय कलाकार
आसन्न लोकसभा चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टीलाई मतदान नगर्न ६०० भन्दा बढी भारतीय कलाकारले संयुक्त आह्वान गरेका छन् । थिएटरबाट बलिउडमा उदाएका र अन्य गरी ६ सय १६ जना कलाकार यस अभियानमा सक्रिय छन् । अमोल पालेकर, अनुराग कश्यप, डोली ठाकोर, लिलेट दुबे, नसिरुद्धिन शाह, अभिषेक मजुमदार, अनामिका हक्सर, नवराज जौहर, एमके रैना, महेश दत्तानी, कोंकणा सेन शर्मा, रत्ना पाठक शाह, संजना लगायत कलाकारले संयुक्त अपिलमा हस्ताक्षर गरेका छन् ।
सबैभन्दा कमजोरलाई शसक्त बनाउन, स्वतन्त्रताको रक्षा गर्न, पर्यावरणीय रक्षा गर्न र वैज्ञानिक सोचलाई बढावा दिने पार्टीलाई मतदान गर्न उनीहरुले आग्रह गरेका छन् । ‘२०१९ को लोकसभा चुनाव स्वतन्त्र भारतको इतिहासमा सबैभन्दा कठिन चुनाव हो । भाजपा केही समययता सत्तामा छ । तर हिन्दुत्वका गुण्डालाई यस सरकारले जन्मायो ।’ विज्ञप्तिमा लेखिएको छ ।।
प्रतिक्रिया