खै सविन कोइला कहिले बन्ने ?
अभिनेता सविन श्रेष्ठको अहिले चर्चा छैन । उनी फिल्म क्षेत्रमा नै छैनन् कि भन्ने भान हुन थालेको छ । किनकी, उनलाई लिएर फिल्म बनाउन चाहने निर्माताको अभाव छ । उनले नै बनाएको फिल्म हिरो रिटन्र्स चल्ने छाटकाट छैन । उनले यो फिल्म रिलिज गर्नका लागि खै कुन साइत हेरेर बसेका हुन् थाहा भएन ।
सविनले यो फिल्ममा रेखा थापा र आफ्नो जोडी बनाएका थिए । तर, अहिले सविन र रेखा दुबैको क्रेज छैन । यसैले पनि सविन फिल्म रिलिज गर्न डराएका छन् ।
सविन फिल्म रिलिज गर्न डराएपनि उनले आफूलाई भने कोइला भनेका छन् । मानिसहरुले बलेको आगो ताप्ने गरेको तर कोइला बलेपछि लामो समय बल्ने गरेको सविनले बताएका छन् ।
सविनको कुरा पनि सहि हो, किनकी अहिले उनलाई फिल्म बनाउनेदेखि लिएर संचारमामध्यम कसैले पनि मत्तलव गरेको छैन । उनी अहिले अभिनेत्री अनु शाहसँगको प्रेमले नै मख्ख छन् ।
सविन श्रेष्ठले कोइला बलेपछि लामो समयसम्म बल्ने त बताएका छन् । तर, सविन कोइला बनेर कहिले बल्छन् भन्ने प्रतिक्षा दर्शकमा छ । उनले आफैले बनाएको फिल्म त रिलिज गर्न सकेका छैनन् । उनी कोइला बन्ने प्रतिक्षा कहिलेसम्म दर्शकले गर्ने ?
सविनलाई थाहा नहुनसक्छ, कोइला बन्छु र बल्छु भनेर मात्र हुँदैन । बल्न पनि सक्नुपर्छ । सविन कोइला बन्लान् र बल्लान् भनेर कहिलेसम्म दर्शकले पर्खिने ?
सविन कोइला बन्ने भए पहिले फिल्म रिलिज गर्नुहोस् । फेसबुकमा स्टाटस लेखेर मात्र कोइला बनिदैन है ?
प्रतिक्रिया