छक्का पन्जा क्रेज : एक दिने प्रदर्शन नै आक्रामक
फिल्म प्रदर्शक तथा वितरकहरुको संस्था चलचित्र संघले आयोजना गरेको एक दिवसिय चलचित्र उत्सवमा फिल्म छक्का पन्जा ३ को माग आक्रामक देखिएको छ । कमलपोखरी स्थित क्युएफएक्स कुमारीमा तिन फिल्म सानो संसार , लुट र छक्का पञ्जा ३फरक फरक समयमा प्रदर्शन हुने भनिए पनि हलको क्षमता भन्दा बढी दर्शकले फिल्म हेर्ने इच्छा व्यक्त गरेका छन् ।
फिल्म पुनः प्रदर्शनमा आउने चर्चा संगै फिल्म प्रदर्शनको बिषयलाइ लिएर सामाजिक सन्जालमा धेरै दर्शकले जिज्ञाशा राखेको फिल्मकी निर्देशक दीपाश्री निरौलाले बताइन् ।
यस वर्ष नेपाली फिल्म बक्स अफिसमा खासै सफल नभएको अवस्थामा प्रदर्शनमा आएका अन्य फिल्म एकातिर र छक्का पन्जा अर्को तिर राख्दा समेत छक्का पन्जा कै ब्यापार बढी रएको फिल्म बितारकको भनाइ रहेको छ । संघले एक विज्ञप्ति जारि गर्दै आउँदो चैत्र २१ गते सानो संसार , लुट र छक्का पञ्जा २ प्रदर्शन गर्दै ‘एक दिवसिय चलचित्र उत्सव’ आयोजना गर्ने जानकारी दिएको थियो । फिल्म छक्का पन्जा २ भने बैशाख १३गतेबाट पुनः अल नेपाल प्रदर्शनमा आउदै छ ।
दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा ३’मा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, संजोग कोइराला, शिवहरी पौडेल लगायतको अभिनय रहेको छ । जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
प्रतिक्रिया