अन्जु पन्तको भाइरल तस्विर ४ महिना अघि खिचिएको

सामाजिक संजालमा भाइरल हुन समय लाग्दैन । चाहे त्यो बिषय सही होस् या गलत, प्रयोगकर्ता नबुझी कन  केहि नयाँ देख्ना साथ पछी लाग्छन् ।

यहि भएको छ गायिका अन्जु पन्तको बिषयमा । क्रिस्चियन भएको भन्दै हेटर्सहरुले समय समयमा उनलाई गालीगलौज गर्दै आएका छन् ।  यहि बीच गाडीको डिकीमा केही राहत सामाग्री र किताबहरु राखेर उभिएकी अञ्जुको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । जसलाई पन्त बिरोधीहरुले ‘सहयोगको नाममा धर्म प्रचार’ को आरोप लगाईरहेका छन्  ।

वास्तवमा उक्त फोटो हालको नभएको, उनी काठमाण्डौमै रहेको, बारा हावाहुरी पिडितको सहयोगको लागि अन्जु स्वयम् नगएर यहिबाट सहयोग पाठाएको उनले बताईसकेकी छन् । साथै उक्त भाइरल तस्विर उनको फेसबुक पेजमा पनि ५ डिसेम्बर २०१८ मै पोष्ट भएको थियो ।  देखिएको सामाग्री बाइबल नभएर बालबालिकालाई सहयोग स्वरूप लागेको ब्याग, किताव र कापी भएको समेत खुली सकेको छ ।
आफूले गीत संगीतबाट कमाएको रकमको केही अंश समाजसेवामा लगाउन चाहेको, तर पटकपटक गलत प्रचार गरेर निराश बनाउन खोजेको गायिकाको गुनासो छ ।