निक-प्रियंका सम्बन्ध बिच्छेदको समाचार झुटो, मुद्दा दायर गर्ने तयारी

मार्च अन्तिम हप्ता प्रियंका चोपडा र निक जोनसको सम्बन्धविच्छेदको खबरले अत्यधिक चर्चा बटुलेको थियो । एक अमेरिकी म्यागजिनले यो जोडी सम्बन्धविच्छेद गर्ने तयारीमा भएको दाबी गरेको थियो । यो खबर पछि प्रियंका र निकले म्यागजिनमाथि मानहानीको मुद्धा दायर गर्ने तयारी गरेका छन् ।

भारतीय संचार माध्यमका अनुसार प्रियंकाको कानूनी समहूले यो समाचार बनाउने टेब्लोइडसँग कुरा गर्ने छ र आफ्नो खबरको खण्डन गर्न भन्नेछ । यदि यस्तो नभए प्रियंका र निक मानहानीको मुद्दा चलाउने योजनामा छन् । रिपोर्टले सूत्रको हवाला दिँदै उनीहरु हरेक कुरामा झगडा गरिरहेको दाबी गरेको थियो । पत्रिकाले निकले प्रियंकाको कुरामा आएर विवाह गरेका थिए र अब उनले यसको मूल्य चुकाइरहेको समेत भनेको थियो । पत्रिकाले निकको परिवारले विवाह समाप्त गर्नका लागि अनुनय बिन्ति गरिरहेको पनि बताएको थियो ।एजेन्सी