को बन्छ करोडपति सेटमा पांडे र जिग्री

हाँस्यटेलिसिरियल भद्रगोल टिम को बन्छ करोडपती सेटमा पुगेका छन् । अर्को साता प्रशारण हुने को बन्छ करोडपतीको भागमा गेम खेल्न उनीहरु त्यहाँ पुगेका हुन् । भद्रगोलको तर्फबाट निर्देशक तथा कलाकारद्धय अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीले राजेश हमालसंग गेम खेलेका छन् ।

धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगाशाला निर्माणको सहयोगार्थ आफूहरुले गेम खेलेको भद्रगोल परिवारले बताए । क्रिकेट रंगाशाला निर्माणको लागि विभिन्न कार्यक्रम गरेका भद्रगोल परिवारले कलेज क्याम्पियन देखि लिएर विभिन्न शोहरु गरिरहेका छन् ।