रोकियो चलचित्र कलाकार संघको चुनाव

नेपाल चलचित्र कलाकार संघको चैत २३ गते हुने भनिएको चुनाव स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लगभग २० जना भन्दा बढिले उम्मेद्वारी दर्ता गरिसकेपछि मध्यान्ह उम्मेद्वारी दर्ता कलाकार संघको चुनाव रोक्न आदेश आएको थियो ।

प्रशासन कार्यालयमा गैर कलाकारलाई कलाकार भन्दै सदस्यता दिएको निवेदन दर्ता भएकोले छानबिनको लागि चुनाव स्थगित गरेको हो । एक कलाकारले महासचिव सरीता लामिछाने गैर कलाकार भएको भन्दै उजुरी गरेका थिए । मनोनयन दर्ता भईसकेकाहरुको मनोनयन फिर्ता गरिने संघले जनाएको छ । अध्यक्ष पदका लागि सरिता लामिछाने र निर्देशक तथा कलाकार लय संग्रौंलाले उम्मेद्वारी दिएका छन् । यस्तै विमला केसीले महासचिवमा उम्मेद्वारी दिएकी छिन् भने पवित्रा आचार्यले सह–कोषाध्यक्षमा उम्मेद्वारी दिएकी छिन् ।