पुनः विवादमा टंक बुढाथोकी, समिक्षामाथि एकाधिकार प्रयास

गायक तथा संगीतकार टंक बुढाथोकी पुनः विवादमा तानिएका छन् । यस अघि अशोक दर्जीमाथि एकाधिकार जमाएको, सहयोगको लागि उठेको रकम पारदर्शी नभएको लगायतको विवादमा उनी फसेका थिए ।

पुनः बाल गायिका समिक्षा अधिकारी माथि उनले एकाधिकार जमाउने प्रयास गरेका छन् । बसन्त सापकोटाले आफ्नै प्रयासमा ‘फिल्म नाइँ नभन्नु ल ५’ मार्फत सामान्य स्कुले बालिका अधिकारीलाई चर्चित गायिका बनाएका हुन् । तर  सामाजिक संजाल फेसबुकमा तस्विर पोस्ट गर्दै टंक बुढाथोकीले ‘पहिलो काम’ गराएको भनि लेखेका छन् ।

यस बिषयमा प्रतिक्रिया जनाउदै संगीतकार बसन्त सापकोटा लेख्छन्,‘टंक भाई अग्रजहरुको सम्मान गर्न सीकौं ल समिक्षाको पहिलो गीत चलचित्र( नाई नभन्नु ल ५ )को गीत (बालपनको ऊमेर )सबैतिर चर्चित भैसकेको र सबैको प्रेरणाले नानी अगाडी बडिरहेको अबस्तामा यो काम त सुर्यलाई हत्केलाले छोप्न खोजे जस्तो भएनर !!! कि भाई अर्कै दुनिया बाट आउनु भएको हो !!! तपाँईको यो लेखाईले तपाँईको ऊचाई कम गराऊँछ!!! यसले न समिक्षालाई फरक पर्छ न मलाई फरक पर्छ !!!’
बसन्त सापकोटाको प्रतिक्रियापछि टंकले आफ्नो पोष्ट सम्पादन गरेर परिवर्तन गर्दै ‘समिक्षा अधिकारीसंगको मेरो पहिलो काम’ बनाएका छन् ।

टंक बुढाथोकीको पहिलो र सम्पादित पोष्ट
पहिलो पोष्ट
नमस्कार ।। हजुरहरु धेरैको प्रतिकृया अनुसार समीक्षा अधिकारी नानी Studio 9 सम्म आइपुग्नु भएको छ पहिलो काम मेरो सङ्गितमा गराएका छौ । नानी लाइ हेरेर सबैले साथ दिनहुन अनुरोध गर्दछु ।
सम्पादित पोष्ट
नमस्कार ।। हजुरहरु धेरैको प्रतिकृया अनुसार समीक्षा अधिकारी नानी Studio 9 सम्म आइपुग्नु भएको छ र मेरो सङ्गितको पहिलो काम गराएका छौ । नानी लाइ हेरेर सबैले साथ दिनहुन अनुरोध गर्दछु ।