सेल्फी मै मख्ख दीपिका
दीपिका प्रसाईं दुई फिल्ममा आइन् र हराइन् । हुनत उनको तरिका अरुको भन्दा भिन्दै छ निजी जीवनमा पनि ।
निर्देशक दिवाकर भट्टराईकी श्रीमती भएको खबर बाहिरिएसंगै उनको हातमा कुनै फिल्म नै छैन ।यदाकदा आफ्नै श्रीमानको फिल्ममा अभिनय गर्ने भन्ने चर्चा समेत चल्ने गर्छ ।
तर भट्टराई निर्देशित फिल्म क्याप्टेन खासै सफल बन्न नसकेको कारण अब उनको आगामी प्रोजेक्ट के भन्ने समस्या आएको छ ।
फिल्ममा आउनुको कारक तत्व नै दिवाकरलाइ मान्ने दीपिका भने अहिले काम बिहिन छिन् ।
तर उनी कसैको बादलले ढाकेको दिनमा सुनौलो घाम बनेको भन्दै मख्ख छिन् । सेल्फी खिचेर फेसबुकमा पोष्ट मात्रै गर्ने कि फिल्ममा पनि आउने ? उनले सोच्ने बेला भएको छ ।
प्रतिक्रिया