डेब्यु नायिका र निर्देशकको फिल्म ‘यात्रा’

डेब्यु ‘फिल्म ए मेरो हजुर २’ मार्फत नै सम्भावना देखाएका राइजिङ स्टार सलिनमान बनियाँसँग दोस्रो फिल्ममा मलिका महतले डेब्यु गर्दै्छिन् ।  यात्राको क्रममा आउँने उतारचढावलाई मित्रता र मायासँग जोडिएर तयार पारिएको फिल्ममा सलिनले यात्रीको भूमिका निर्वाह  गरेका छन् ।

फरक ड्रेसअप र हेयरस्टाइलको कारण मिडियामा चर्चामा रहने सलिनको सम्भावनालाई मध्यनजर गर्दै ठुला ब्यानार तथा फिल्मकर्मीको रोजाइमा उनी परेका छन् । क्युट फेसका कारण डेब्यु फिल्ममार्फतनै आफ्नो फ्यान फ्लोअर्स बढाउँन सफल सलिन एक्सन र नृत्यका सौखिन हुन् ।

चैत्र २९ गतेबाट प्रदर्शनमा आउँने यात्रा ‘अ म्युजिकल भ्लगमा’ सलिन भ्लगिस्टको भूमिकामा छन् । सलिनले डेब्यु फिल्मपछि आएका कयौ अफरलाई अस्विकार गर्दै यात्रालाई रोजेका थिए । पछिल्लो समय बनिरहेको  फिल्मको तुलनामा कथावस्तु मात्र नभई मेकिङ्गमा पनि केहि नयाँपन भएकोले आफु फिल्ममा काम गर्न तयार भएको सलिनले बताए ।

सलिनसँग डेब्यु फिल्ममा काम गर्न पाउदा मलिका पनि दंग छिन् । अन्तिम समयमा फिल्ममा भित्रिएकी डेब्यु गर्लले अध्यन सकाएर अभिनयलाई निरन्तरता दिने सोचमा छिन् । आफ्नो कामले दिने रिजल्टले अगाडी बढ्ने योजना उनको छ । उनी डेब्यु फिल्मलाई लिएर केहि उत्साहित र नर्भस छिन् ।

डेब्यु निर्देशक सम्राट शाक्यको कामले आफुलाई स्थापित गराउनेमा मलिका ढुक्क छिन् भने अन्य अफरलाई रिजेक्ट गरेर यात्रालाई स्विकार गरेकोमा सलिन पनि खुसि छन् । फिल्ममा सलोन बस्नेत , रेअर राई , प्रेक्षा बज्राचार्य , जान्वी बस्नेत , धिरेन शाक्य लगायतको पनि अभिनय रहेको छ ।