म…..अनि जीवन

बचपनमा ति

हर्षका दिनहरु थिए

मेरा लागि

जब बर्षातको समयमा

मेरो घरमाथिको आकाशमा

एक अङ्गालो बादल

नाचेको देख्थे….

त्यति नै बेला

म पनि

मनमा एउटा

सपनाको बिज छर्थे

पछि

फलाएर

भित्र्याउनको लागि….

कि एकदिन

म पनि

त्यो बादलसङ्गै

त्यै आकाशमा

गदगद हुँदै नाच्नेछु भनेर

अहिले

सायद

म अलि हुर्किए पो कि??

किनकी

म अहिले यकिनका साथ

भन्न सक्छु कि

म त्यो

बचपनमा

हाम्रो घरमाथीको

आकाशमा

नाच्ने बादलसित

कहिल्यै पनि नाचिन

सायद

नाच्न पनि

सक्दिन होला

जिवनको उत्तरार्धसम्म पनि…

ती त त्यतिबेलाका

मेरा भ्रमका खेती पो थिएछ क्यार

जुन कहिल्यै पनि फुलेन र…

फलेन….

वास्तविकता त अहिले

यो छ कि

त्यो वादलले

मा…थिबाट फालेको

चि…सो पसिनाले

मलाइ निथ्रुक्क बनाएर

भिजाइरहेछ…

म भन्छु कि

बचपनको भ्रमले

मलाइ

खुशी हुन सिकायो

म हुर्किदै गर्दाको वास्तविकताले

मलाइ

सधैको लागि

दुखी बनाइदियो…

अहिले म

त्यो बचपनको

भ्रम सम्झन्छु

र सोच्छु

आखिरमा मानिसलाइ

खुशी त

भ्रमले

बनाउदो रहेछ..

त्यसैले होला

अहिले मलाइ

बानी परिसकेछ

एकैछिन

वास्तविकतालाइ भुली

ती

बचपनको भ्रममा

रमाउने।।।