परमिता र करिश्माको गहिरो दोस्ती, क्या खुलेको मस्ती
अभिनेत्री परमिता आर एल राणा र करिश्मा श्रेष्ठ मिल्ने साथी हुन् । उनीहरुको मस्ती कतीसम्म हुन्छ भन्ने त उनीहरुको सामाजिक संजाल हेर्दा सहजै थाहा पाउन सकिन्छ ।
परमिता र करिश्मालाई दर्शकले फिल्ममा खासै मन पराएका पनि छैनन् । उनीहरु अहिले पनि करिअरको खोजीमा छन् ।
तर, दुइलाई पार्टीमा वा साथीको बर्थडेमा रमाउन भने कसैले पनि सक्दैन । मित्रताको मस्ती कस्तो हुनुपर्छ भनेर सोध्यो भने त परमिता र करिश्मालाई हेरे हुन्छ ।
तर, यी दुइको एकजना साथीको जन्मदिनमा यी दुइको मस्तीले गर्नु गरेको छ । बर्थ डे सकिएको कती दिन भैसक्यो, अझै पनि यी दुइलाई त्यो दिनको फोटो इन्स्टाग्राममा राख्ने भूत रोकिएको छैन ।
फोटो पनि कस्ता कस्ता हुन् ? कतिपय कुरा त मस्ती गरेर त्यही छाड्नु नी । सामाजिक संजालमा धेरै छरपष्ट हुँदा पनि कलाकारको महत्व सकिन्छ है ।
कलाकारले यो कुरा पनि वुझ्न आवश्यक छ । परमिता र करिश्माको मित्रतामा कसैको आँखा नलागोस् । तर, मस्ती मात्र गर्ने कि फिल्मी करिअरमा पनि ध्यान दिने ? सोचौ है सोचौ, बेला यही हो ।
प्रतिक्रिया