सहकर्मीको इज्जत गर्न सिक्ने हो की हरिहर जी !
हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभ लभ’ चैत १५ बाट प्रदर्शनमा आउदै छ । डेब्यु नायिका क्रिस्टिन पौडेल संगसंगै उनी प्रमोसनमा ब्यस्त छन् ।
उनले एक अन्तरवार्ताको क्रममा आफ्नी को एक्ट्रेसलाई होच्याउनु सम्म होच्याए । उनले क्रिस्टिनलाई ११, १२ पढ्ने बच्चा मात्रै भनेनन्, हजारौ मान्छेलाई सल्लाह दिने ‘म’ लाई सिकाउने सम्म भने ।
उमेरको हिसाबले नायिका उनी भन्दा सानी नै होलिन् । तर ग्ल्यामर क्षेत्रमा उनी हरिहर भन्दा अगाडी नै आएकी हुन् ।
फिल्म प्रवेशको हिसावले यी दुई कै पहिलो फिल्म हो । शुभ लभ त्यसैले यहाँ कोही पनि सानो ठुलो छैन ।
राजेश हमालको विवाह पछि सार्न सफल भएसंगै उनको चर्चा चुलिएको थियो । तर यसो भन्दैमा उनको ज्योतिषीय अनुभवले अभिनयलाई पनि पोख्त बनाउछ भन्ने छैन ।
फिल्म प्रदर्शनमा आउन बाकी नै छ । के थाहा दर्शकले हरिहरलाई भन्दा क्रिस्टिनलाई पो बढी मन पराउने हुन् कि ! आफ्नो सहकर्मीको इज्जत गर्न सिक्ने हो की हरिहर जी ?
प्रतिक्रिया