छवि बाको कुरा सधै अस्पष्ट

निर्माता छविराज ओझालाई किन हो, आफ्नो बिहे र प्रेमको कुरामा रमाउन खुबै मन लाग्ने रहेछ । संचारमाध्यममा यो कुरा आइरहोस् भन्ने पनि उनी चाहन्छन् कि के हो ?

अभिनेत्री शिल्पा पोखरेलसँग बिहे गरेको हो भन्दा उनी अझै स्पष्ट छैनन् । उनी त ५ बर्षदेखि शिल्पासँग बिहे भएको घुमाउरो जवाफ दिन्छन् । कुरा यतिमात्र छैन ।

शिल्पा पोखरेल र आफू सँगै बसेको बताएका उनले बिहे भएको हो या होइन अझै स्पष्ट पार्न सकेका छैनन् ।

कुरा पनि कति घुमाएर गर्न जानेका छन् छविले । छविराज ओझालाई बिहे भोज कहिले खुवाउने भनेर सोध्ने हो भने, अब छोराछोरी पाएपछि भनिदिन्छन् ।

छवि बाको कुरा पनि वुझ्न नसक्ने खालको नै छ । शिल्पा पोखरेलसँग उनी बिहे गरेर बसेका हुन् या लिभिङ टूगेदरमा ?

अनी बिहे भोज खुवाउन छोराछोरी नै कुर्नुपर्ने कारण के होला ? छवि अझै पनि शिल्पासँगको सम्बन्धमा किन यति अस्पष्ट ?

कि उनलाई धेरै बिहे गरेको आरोप लाग्छ भनेर पनि उनी शिल्पासँगको बिहेको बिषयमा धेरै बोल्न चाहदैनन् ? छवि बाले स्पष्ट रुपमा बोलिदिएर आनन्दले घरबार चलाए हुँदैन र ?