निर्देशकले नै दुम्सी भनेपछि के लाग्छ र ?

यात्राको ट्रेलर रिलिजको समयमा अभिनेता सलिनमान बनियाँको बारेमा कुनै पनि नराम्रो कुरा उठेको थिएन । सलिनमानले पनि राम्रो भाषामा साथ  दिने र सहयोग गर्नेलाई धन्यवाद नै दिइरहेका थिए । तर, निर्देशकले नै सलिनमानलाई नराम्रो ट्याग लगाइदिए ।

हो, अहिले युटुबमा केही कमेन्टमा सलिनलाई दुम्सी भनेर आलोचना त हुने गरेको छ । तर, यो सामान्य कुरा नै हो ।

तर, निर्देशक सम्राट शाक्यले पत्रकार सम्मेलनमा नै हिरोलाई दुम्सी भनिदिए । उनले कुरा उठाए, जुन कुरा कार्यक्रममा उठेकै थिएन ।

आफूहरु कलेजमा पुग्दा सलिनलाई दुम्सी कसैले पनि नभनेको भन्दै उनले सलिनसँग फोटो खिच्न आउने फ्यानले फिल्म हेर्न आउँछौ भनेर बाचा गरेको पनि कुरा उठाए ।

युटुबमा कमेन्ट आयो भन्दैमा प्रत्यक्ष भेट्दा पनि कुनै कलाकारलाई सोही खालको आलोचना आउँछ भन्ने छैन । तर, दुम्सी भन्ने कुरामा निर्देशकले कुरा नउठाएको भए कसैको पनि ध्यान गएको थिएन वा ध्यान गएर पनि यसलाई कसैले महत्व नै दिएका थिएनन् । तर, निर्देशकज्यू नै बाठो भएर सलिनलाई आलोचना हुने शब्द उठाएर हल्ला गरिदिए ।

निर्देशक ज्यूले बोल्न नजान्या कि जानी जानी चर्चा हुन्छ भनेर यो कुरा उठाएका हुन् ?