आनाले फिल्म रोज्न नै जानिनन् त ?

आना शर्मालाई फिल्ममा चल्नुपर्छ भन्ने सोच राख्नेहरु कती होलान् ? धेरै छन् ।

आनालाई पनि फिल्ममा जम्नुपर्छ त किन नलाग्दो होला र ? तर, उनी जम्दिनन् । खै किन हो, उनलाई फिल्म क्षेत्रमा भाग्य चम्काउन यति समस्या भएको ।

के आनाले फिल्म रोज्न नजानेकी हुन् त ? पहिलो फिल्म जेरीलाई छाड्ने हो भने उनलाई फिल्म रोज्न नजानेको नै भन्न कर लाग्छ ।

ग्याङस्टार ब्लूज फिल्मबाट आशावादी रहेकी आना फिल्म नचल्दा अप्ठ्यारोमा परिन् ।

उनले तेश्रो  फिल्म त अजिब नै रोजिन् । उनले रोजेको तेश्रो सिनेमा द म्यान फ्रम काठमाण्डु हलमा धेरै शो पाउन सफल भयो । तर, फिल्म हेर्न दर्शक नै आएनन् ।

फिल्मका निर्माताले नै फिल्म चलेको ५ दिनमा ५० लाखको ग्रस कलेक्शन भनेका छन् । अब, दर्शकले स्पष्ट वुझ्दा हुन्छ कि फिल्मले कती ग्रस कलेक्शन गरेको छ होला ? फिल्म पुर्ण रुपमा असफल हो । यो फिल्म दर्शकले नै वुझेनन् । दर्शकलाई नै वुझाउन नसकिने कथा किन आनाले रोजेकी होलिन् ? आना शर्माले फिल्म रोज्न नजानेर नै हो उनको फिल्म यात्रा धरासायी बनेको ? हेर्दा त यस्तै देखिएको छ ।