लौन, साम्राज्ञीलाई क्यामेरादेखि किन एलर्जी ?
होली त भोली । साम्राज्ञीले यो कुरा इन्स्टामा लेखिन् । तर, इन्स्टामा लेख्दा उनले आफ्नो अनुहारमा कुनै मुस्कान नै छाडेकी छैनन् । यस्तो लाग्दैछ, होली आउँदा उनलाई दिक्क लागेको छ । होलीमा दिक्क मानेर भयो त अभिनेत्री ज्यू ?
तर, साम्राज्ञीले नमुस्कुराउनुको कारण पनि दिएकी छिन् । उनका अनुसार उनी क्यामेरा अगाडि मुस्काउन चाहन्नन् । आखिर किन उनी क्यामेराको अगाडि मुस्काउन चाहन्नन् होला ? क्यामेरामा नै काम गर्ने मानिस यसरी विरक्त भयो भने त गाह्रो होला नी ?
साम्राज्ञी अहिले फिल्म मारुनीको छायांकनमा व्यस्त छिन् । तर, साम्राज्ञीलाई क्यामेरादेखि यति धेरै घृणा किन होला ? क्यामेराको अघि अभिनेत्री मुस्कुराएनन् भने अरु को मुस्कुराउला त ?
फिल्मको पत्रकार सम्मेलनमा साम्राज्ञीको हाँसो फिक्का थियो भन्ने यो कुराबाट पनि वुझ्न सकिन्छ ? फिल्म क्षेत्रमा क्यामेरा अघि नै हाँस्न मन लाग्न छाड्यो भने त गाह्रो पर्छ है साम्राज्ञी जी ?
प्रतिक्रिया