प्रेमलीलाको स्याड भर्सन गीत ‘सबको कहानी उस्तै’
फिल्म प्रेमलीलाको स्याड भर्सन गीत ‘सबको कहानी उस्तै’ सार्वजनिक भएको छ । गीतमा शोभा पाण्डेको स्वर, महेश खड्काको संगीत, कृष्ण हरी बरालको शब्द रचना तथा किरण कंडेलको संगीत संयोजन रहेको छ । चैत ८ बाट प्रदर्शनमा आउने फिल्मको यो लिरिकल भिडियोलाई दर्शकले मन पराउने फिल्मकी मुख्य कलाकार तथा स्क्रिप्ट राइटर दीपशिखा खड्का बताउछिन् ।
पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ भने शब्द डा. कृष्णहरी बराल र डा. सागरको रहेको छ । फिल्ममा मुख्य कलाकार दीपशिखा खड्का संगै अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
प्रतिक्रिया