र्यापमा १८ करोडको गाडी

बरदान बस्नेतले सरकारी सम्पतिको दुरुपयोग गर्ने सरकारी कार्यशैलीको आलोचना गर्दै र्याप सार्वजनिक गरेका छन् । उनले राष्ट्रपतिका लागि खरिद गर्ने भनिएको १८ करोडको गाडी देखि बलत्कारसम्मका घटनालाई र्यापमा समेटेका छन् । युट्युबमा अपलोड गरिए पनि गीतको भिडियो भने छैन । ब्याकग्रायन्ड स्कोर लाउड रहेकाले गीतका शब्द स्पष्ट सुन्न केही कठिन महसुस हुनछ छ ।

र्यापको शब्द

ओ हैन होला येस्तो पनि हुँदोरहेछ यो दुनियाँमा
मेरो देश नेपाल प्रधानमन्त्री तिमीलाइ नमस्कार
मेरो देशको राष्ट्रिपतिनी तिमीलाई पनि नमस्कार
१८ करोडको गाडी चडेर के साह्रो चमत्कार
…. काटी देउन कसले गर्यो बलात्कार
ल सुनिदेउ उहाँहरुको कर्मचारी
अनी हाम्रो प्रिय पत्रकार
सुनाइदेऊ मेरो यो गीत म हैन कलाकार
हाम्रो देशको नेता अनी भ्रष्टाचार
कस्तो सुहाएको ठ्याक्क दाल भात अचार
धनीहरुको आझै धनी हुने विचार
गरिबहरुको लछारपछार ।
खुट्टा टेक्ने ठाउँ छैन जब जान्छु बजार
पैसाको मोल छैन जब हुन्न हजार
बिक्ने हैन पेट्रोल पम्पमा तेल
त सक्दैन जनतालाई नपेल
छोडिदे तेरो चेयर तिमीहरु बुढो भयो ऐनामा हेर
पालो हो युवाहरुको देशलाई अलिकती न्याय दे
बुढी माऊ सडकमा तरकारी बेच्दै छिन्का
म गरी खान दे नाना लाउन दे
घुस खाको अनि पुर्खाको सम्पत्ति सबै छेर
साथिभाइ र युवालाई कसरी उफार्छु उदाहरण हेर
…हरु एकादेशको कुरा हो काठमाडौंमा ट्रली बस नि थे
भोट दिने जनतालाई झारी त्यसमाथि चाहिन्छ सवारी