प्रदिपको कुटिलता
अभिनेता प्रदिप खड्का कुरा घुमाई घुमाई भन्न सिपालु छन् । प्रदिप खड्कालाई नेपाली फिल्मका कुटिल हिरो पनि मानिन्छ । उनी, बाहिर जस्तो कुरा गर्छन् भित्र उत्तीकै कुटिल चाल चल्छन् पनि भनिन्छ ।
प्रदिपको बोली, कुरा गराइमा पनि यो झल्किन्छ । फिल्म लभ स्टेशनको ट्रेलर सार्वजनिकमा प्रदिपले सिंगो फिल्मको निर्माणमा आफू नै हालिमुहाली भएको जस्तो कुरा पनि गरे ।
उनले, निर्देशक उज्ज्वल घिमिरेसँग कुरा गर्नु अगाडि निर्देशकको खोजी खुबै गरेको पनि बताए ।
यस्तो लाग्छ, यो फिल्मको प्रदिप हिरो मात्र होइनन् । होइन भने एउटा हिरोले आफू अनुवन्धित भएर निर्देशक खोज्दै किन हिड्छ र कुन निर्देशक राख्ने र नराख्ने कुरामा हात किन अगाडि बढाउँछ ?
प्रदिपले कुरै कुरामा आफूले यसअघि काम गरेका निर्देशकमाथि पनि ब्यङ्ग्य गरेका छन् । उनले, पहिलेका निर्देशक हेरेर पनि निर्देशक राम्रो छान्नुपर्ने रहेछ भन्ने लागेको बताए ।
प्रदिपको यो भनाई विवादस्पद छ । फिल्म खेल्न छाडेर सबै कुरामा हात राख्न खोज्दा पछि गाह्रो होला है प्रदिपजी ?
प्रतिक्रिया