छुल्ठिमले नोभेम्बर रेनको क्रेज विर्सिएकी हुन् ?
नेपाली फिल्ममा आउने वा नआउने दोधारमा रहेको अवस्थामा निर्माता सुवास गिरीले कलाकार छुल्ठिम गुरुङलाई नोभेम्बर रेन फिल्ममा काम गराएका थिए ।
यो फिल्म रिलिज भएपछि छुल्ठिमले पाएको सफलताको कुरा नै वेग्लै छ । उनलाई दर्शकले छुल्ठिम कम, डल्ली ज्यादा भने । यो उनको सफलता हो ।
आर्यन सिग्देल र नम्रता श्रेष्ठ जस्ता कलाकार रहेको फिल्ममा छुल्ठिमले कर्लप्पै खाइदिइन् । उनको भूमिकाले दर्शकलाई आकर्षित गर्यो ।
छुल्ठिम यसपछि दोधारमा परिन् । फिल्म कस्ता गर्ने भन्ने दोधारमा उनले डायरी फिल्म बनाइन् र खेलिन् पनि । तर, चलिनन् । अब, छुल्ठिमलाई दर्शकले विर्सन थालेका छन् । उनले अभिनय गरेका फिल्म भन्दा आइटम गीतको नृत्य धेरै हुन थालेका छन् ।
छुल्ठिमले जुन संभावना बोकेकी थिइन्, डायरीपछि नै उनको त्यो संभावना कमजोर बनेको छ ।
छुल्ठिम गुरुङ अहिले फिल्मको आइटम नृत्यमा मस्त छिन् । उनको यो काम गर्ने तरिकाले उनलाई गाह्रो पर्न सक्छ । तर, छुल्ठिमले एकपटक नोभेम्बर रेनको क्रेजलाई संझन आवश्यक छ ।
प्रतिक्रिया