आँचललाई मन नपराउनुहोस्, तर अपमान नगर्नुहोस्
अभिनेत्री आँचल शर्मा बेला बेलामा आफ्नो मनको भाव पोख्ने गर्छिन् । आँचलको फ्यान जत्ती छन्, आलोचक पनि उत्ती नै छन् । आँचल शर्माको फ्यान फ्लोइङ पनि राम्रो छ ।
अभिनेत्री आँचल शर्मा भने अरुलाई मन नपराउन पाइने लेख्छिन् । उनले, अरुलाई कुनै कारणले वा विना कारण मन नपराउन पाइने लेखेकी छिन् ।
तर, कसैको अपमान गर्न भने नपाइने आँचलको भनाई छ । आँचलले शेयर गरेको एउटा स्टाटसमा उनले यही कुरा भन्न खोजेकी छिन् ।
हुनत, यी कुरा आँचल आफैका होइनन् । उनले सापटी लिएकी हुन् । तर पनि फिल्म बजारमा आँचलको बारेमा मन पराउने, मन नपराउनेदेखि धेरै कुरा चलेका छन् । यसैले पनि आँचलले यो कुरा भन्न खोजेको हुनुपर्छ ।
अभिनेत्री आँचल शर्मा दाल भात तरकारी फिल्मको लागि लागिरहेकी छिन् । यो फिल्म वैशाखको १३ गतेबाट रिलिज हुँदैछ । आँचल बजारमा आफ्नो बारेमा आउने हल्लाको बारेमा समय समयमा आक्रोशित पनि हुँदै आएकी छिन् ।
प्रतिक्रिया