निरुताको क्याप्टेन प्रचार शैली कस्तो ?
अभिनेत्री निरुता सिंहले एउटा फिल्ममा पुरा हिरोइन भएर खेलेको फिल्म हो, दाल भात तरकारी ।
दाल भात तरकारीबाट नै उनको चरित्र अभिनेत्रीको रुपमा कमब्याक हुँदैछ ।
तर, यो फिल्मको छायांकन भ्याएर मुम्बई गएको एकसाता मै निरुता नेपाल आइन् । फिल्म क्याप्टेनको कर्ली कर्ली कपाल गीतमा नृत्य गर्न निरुता नेपाल आएकी हुन् । तर, निरुताले यो फिल्मको एउटा गीतमा मात्र काम गरिनन्, फिल्मको प्रचारमै भरपुर भएर लागिन् ।
क्याप्टेन फिल्म भूवन केसीले बनाएका कारण पनि हुनसक्छ, निरुतालाई यो फिल्मप्रति बढी रुची जागेको छ । तर, निरुता फिल्मको प्रचारका लागि पत्रकार सम्मेलनमा मात्र होइन, नेपालगञ्जको महोत्सवमा पनि पुगिन् ।
निरुताको यो प्रचार गर्ने तरिका हेर्दा उनले क्याप्टेनलाई साथ दिएकी हुन् । तर, उनी मुख्य हिरोइन भएको दाल भात तरकारीको प्रचारसम्म पुग्दा निरुता कतै दर्शकको नजरमा कम रुचिकर पनि हुन सक्छिन् ।
भूवन केसी र अनमोल केसीसँग सामिप्यता भएकाले पनि निरुताले क्याप्टेनलाई साथ दिएकी हुन् । तर, अब दाल भात तरकारीको प्रचारका लागि निरुताले कस्तो समय दिनेहुन्, त्यो कुर्ने त होला ?
प्रतिक्रिया