स्वेतालाई बाहिरी ब्यानरको लोभ लागेको हो ?

अभिनेत्री स्वेता खड्काले बाहिरी ब्यानरबाट अफर आए पनि आफूले काम नगरेको बताउँदै आएकी थिइन् । स्वेतालाई बाहिरी ब्यानरका फिल्ममा काम गरेको देख्न दर्शकले पाएका थिएनन् । आफूले नै निर्माण गरेको फिल्म कान्छीमा काम गरेपछि स्वेता मौन पनि बस्दै आएकी थिइन् ।

स्वेता बरु फिल्म भन्दा पनि माझी बस्ती निर्माणमा बढी व्यस्त थिइन् । तर, अब स्वेतालाई पनि बाहिरी ब्यानरको  फिल्म मा लोभ लागेजस्तो छ । उनी, कोहिनुर र कान्छी पछि बाहिरी ब्यानरको फिल्म खेल्न तयार भएकी छिन् ।

एभरेष्ट सूर्य बोहराले निर्देशन गर्न लागेको फिल्म हेल्लो जिन्दगीमा अनुवन्धित भएर स्वेताले यो कुरा पुष्टी गरेकी छिन् ।

कम फिल्म खेल्ने तर आफ्नै ब्यानरको फिल्ममा काम गर्ने सोच बोकेकी स्वेतालाई किन एकाएक बाहिरी ब्यानरको फिल्ममा काम गर्न मन लागेको होला ?

कि स्वेतालाई पनि अब बाहिरी ब्यानरबाट आउने फिल्मको लोभ  लागेको हो रु के अब स्वेताले आफ्नो ब्यानरबाट फिल्म नबनाउने हुन् त ? स्वेताजी, साच्चै बाहिरी ब्यानरको फिल्मको लोभ लागेको हो कि, फिल्मको कथाले छाड्न मन नलागेको ?