संजोगको घरमा ‘राजकुमारी’ बर्षा

बिहेपछि अभिनेत्री बर्षा राउतलाई उनका फ्यानले सोध्ने प्रश्न फेरिएको छ । बिहेपछि बर्षालाई उनका फ्यानले बिहेपछिको दिनचर्याको बारेमा नै प्श्न सोधेका छन् ।

बर्षा राउत बिहेपछि हनिमुन मनाउने समय निकाल्न नसकेर जात्रै जात्राको छायांकनमा जोडिसकेकी छिन् । संजोग पनि आफ्नो काममा व्यस्त भैसकेका छन् ।

बर्षाले संजोगकको घरमा कस्तो खालको व्यवहार पाउनुभएको छ भन्ने फ्यानको प्रश्नमा आफू राजकुमारी भएको बताएकी छिन् ।

बर्षाले संजोगसँगको बिहेपछिको जीवन एउटा सुन्दर सपना जस्तो भएको पनि लेखेकी छिन् ।

बर्षा अहिले बेहुली पहिरनमा नै मस्त छिन् । बर्षाले हनिमुनको योजना बनाउन नपाएको बताइसकेकी छिन् ।

बिहेपछि राजकुमारी भएर संजोगकको घरमा बसेकी बर्षा झनै मोटाउने पो हुने् कि ?