निखिलको यस्तो क्रेज हलमा कहिले देखिएला त ?
कुनै पनि कलाकारको क्रेज हुनु स्वभाविक नै हो । फिल्मका कलाकार राजधानी बाहिर अझै कम पुग्ने हुँदा राजधानी बाहिर कतै जाँदा दर्शकले पछ्याउनु नौलो कुरा पनि होइन ।
देशका विभिन्न स्थानमा आयोजना भएको महोत्सवमा कलाकार पुग्दा देखिने भीडमा पनि त्यती उत्साहित हुन आवश्यक छैन । किनकी, महोत्सवमा कलाकार नपुग्दा पनि दर्शक हुन्छन् ।
अभिनेता निखिल उप्रेती पनि महोत्सवमा पुग्ने गरेका छन् । उनी, एक महोत्सवमा पुग्दा दर्शकको यस्तै भीड देखिएको छ । निखिलले पनि दर्शकको भीडमा सेल्फी लिए ।
अभिनेतालाई हेर्न आउने दर्शकको यो ठूलो उपस्थिती स्वभाविक नै हो । तर, अहिले अभिनेतालाई हलमा हेर्न आउने दर्शकको संख्या पनि देखिन छाडेको छ ।
अभिनेता उप्रेतीका फिल्म नचल्नुको एउटा कारण यो पनि हो । हलमा दर्शक आउन छाडेका छन् । अभिनेताले महोत्सवमा देखिएको क्रेजलाई हलमा ल्याउन आवश्यक छ । हलमा देखिने भीडमा निखिलको सेल्फी यस्तै आयो भने, भन्नुपर्छ , आयो है आयो भैरब ।
प्रतिक्रिया