हमाललाई छैन मधुको जन्मदिन याद

अभिनेता राजेश हमाल र मधु भट्टराइ नजिक भएको करिब १२ बर्ष भैसक्यो । ७ बर्ष प्रेम र ५ बर्ष बिहे बन्धनमा बाधिएका यी दुइले एक अर्कालाई नजिकबाट वुझेका होलान् भन्ने उनीहरुका फ्यानलाई पनि लाग्न सक्छ ।

तर, अभिनेता राजेश हमाललाई श्रीमती मधुको जन्मदिन पनि याद छैन । उनले एक टेलिभिजन कार्यक्रममा दिएको अन्र्तवार्तामा श्रीमतीको जन्मदिन याद गर्न सकेनन् ।

राजेश हमालले श्रीमतीको जन्मदिन याद नगरेपनि धेरै कुराहरु अध्यारोमा ढुंगा हानेर टोले जस्तै मिलाएका छन् ।

मधुलाई भने राजेश हमालको धेरै कुरा याद छ । अभिनेता राजेश हमालले मधुलाई रोमान्टिक भएर कुनै कुराको प्रशंसा पनि गरेका छैनन् । मधुले आँखाको इशारा वुझ्ने उनको दाबी छ ।

अभिनेता हमाल र मधुले ५ बर्षदेखि एकसाथ जीवनयापन गरे पनि हमाललाई श्रीमतीकै जन्मदिन किन याद नभएको होला ? हमाल बढी काममा व्यस्त भएर हो या उनलाई यस्तो कुरामा मत्तलव नभएर हो ?

तर, हमालजी बिहे गरेपछि यस्ता कुरामा पनि ख्याल गर्नुपर्छ । नत्र, श्रीमतीको चित्त दुख्ला है ?