गायक निगम नर्भिक अस्पताल भर्ना
भारतीय गायक सोनु निगम नेपाल आएको समयमा बिरामी परेका छन् । उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । म्युजिक भिडियो सुटिङका लागि नेपाल आएका उनको ढाडमा पीडा महसुस भएपछि मंगलबार दिउँसो साढे एक बजे अस्पताल भर्ना भएका हुन् ।
अस्पतालका अनुसार उनलाई अहिले नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको छ भने डा. पंकज जलान, डा. प्रवीण नेपाललगायतको टिमले उनको उपचार गरिरहेको छ । यसअघि पनि सी फूडका कारण छालासम्बन्धी एलर्जी भएका कारण सोनु भारतकै एक अस्पतालमा केही दिन भर्ना भएका थिए ।
प्रतिक्रिया