सरकारप्रती अभिनेत्री रेखा थापाको आक्रोश, एक्लै एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु

अभिनेत्री रेखा थापाले नेपाल सरकारले चालु आर्थिक बर्ष देखि लागु गरेको भन्सार सम्बन्धी नयाँ नियमको बिरोध गरेकी छिन् । सामाजिक संजाल फेसबुकमा लामो स्टाटस पोस्ट गर्दै उनले सो नियमले विदेशमा गएर श्रम गर्ने नेपालीहरुको अपमान भएको बताएकी हुन् । हाल विदेशवाट फर्किने कामदारहरुले चरम सास्ती भोग्दै आएका छन् ।

यही घटना प्रती चासो राख्दै सामाजिक संजालमार्फत अभिनेत्री थापाले सरकार प्रती आक्रोश पोखेकी छिन् । तिनै युवाको पसिनाको रेमिट्यान्सबाट चलेको देशमा उनीहरुको आगमनमा लुट मच्चाउन किन परेको छ ? भन्दै उनले सरकारलाई प्रश्न गरेकी छिन् । केही समय अगाडी देखि सरकारको उक्त कदमको सामाजिक संजालमा ब्यापक बिरोध हुँदै आएको छ । देश तथा विदेशमा रहेका नेपालीहरुले सो कदम प्रती पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।

पछिल्लो समय सामाजिक सेवामा समेत सकृय बनेकी अभिनेत्री थापाले सरकारको नियमले श्रमिक माथि शोषण र अत्याचार भएको बताएकी छिन् । यदी सरकारले उक्त नियम परिवर्तन नगरे आफु एक्लै भए पनि एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार रहेको बताएकी छिन् ।
उनले लेखेको स्टाटस जस्ताको तस्तै :

दुबइ, कतार, मलेशिया लगायत देशमा हाम्रा दाइभाइ पसिना बगाइरहेका आफ्नै आँखाले देखेको छु । ती श्रम क्याम्पमा बस्दा हुने अनुभुती नजिकबाट सुनेकिछु । जब बर्ष हरुपछी घर फर्किने सुखत दीन आउछ, आफन्त र घररिवारको लागि खुशीको स साना उपहार लिएर फर्कन चाहनु स्वाभाबिक हो । दुइटा फोन ,एइटा टि.भी वा त्यस्तै अरु सामान । निर्धा जनताले मिटर ब्याज तिरेर पराइ देश जान परेकोमा दया नभएको सरकार उनिहरुको कमाइले किनेको नासो देखेर यत्ती जलेको किन होला? तिनै युवाको पसिनाको रेमिट्यान्स बाट चलेको देशमा उनिहरुको आगमनमा लुट मच्चाउन किन परेको छ ? सक्नेले र हुनेले क्विन्टल सुन छिराउने एयर्पोर्टको काहानी जनताले थाहा पाएका छन 

यिनै मजदुर बेचिखाने ब्रोकर, तिनैको पैसा माग्ने समाजसेवा, तिनैको नाममा राजनीति, अनी उनिहरुको कमाइको नासो किन खोस्दैछ सरकार? के परिवारको लागि चिनो ल्याउनु अपराध हो? मेरो बिचारमा यो श्रमिक माथि शोषन र अत्याचार हो । जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ । हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको असम्मान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने- म एल्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु ।
आफु अरबौका सुबिधा लिने ,कर र भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने ??????