रोशनी जि अनी ‘जानी नजानी’ चाँही दोश्रो दर्जाको फिल्म हो ?

चैत्र १ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जानी नजानी’ ले काठमाडौंमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो कभर डान्स प्रतियोगिताको जानकारी गराउन । सोही कार्यक्रममा फिल्मको बारेमा बोल्दै निर्मात्री रोशनी केसीले फिल्म राम्रो बनेको र फिल्म सुटिङका लागि मनाली सम्म गएको बताइन् ।

उनका अनुसार मनालीमा सुटिङ गर्ने प्रोसेस मिलाउन कै लागि उनीहरुले धेरै दु:ख पाएका थिए । अन्तत: उनीहरुले मनालीमा सुटिङ गर्न पाए पनि । रोशनीले अगाडि भन्दै थिइन्, ‘हामीले जानी नजानी फिल्मको छायाँकन गरेको लोकेसन बलिउडका चर्चित फिल्महरु जव वि मेट, फना, कृष, ट्युबलाइट लगायतको सुटिङ भएको थियो । उनले त्यती मात्र भनिनन् । बलिउडका ए क्लासका फिल्म छायाँकन हुने ठाउँमा हामीले फिल्म सुटिङ गर्ने अवसर पायौँ । उनी त्यही कुरामा गर्व गर्दै थिइन् ।

रोशनीको त्यही भनाईलाई बुझ्ने हो भने उनले आफ्नै फिल्म जानी नजानीलाई चाहिँ के दोश्रो दर्जाको फिल्म भन्न खोजेकी हुन् ? अनी फेरी फिल्म कथा र त्यसको प्रस्तुतीकरणले चल्ने हो लोकेसन राम्रो देखाउँदैमा फिल्म चल्दैन भन्ने उनले किन नबुझेकी होलिन् ?