‘जात्रै जात्रा’को सुटिङ कि भोज ?
सबैलाई थाहा नै छ, अभिनेत्री बर्षा राउतलाई खानेकुरा भनेपछि मुखबाट नै पानी आउँछ । बर्षा जति मोटाएपनि, जति जिम गएपनि खानेकुरामा कन्ट्रोल गर्न सक्दिनन् । यसैले उनले चाहेर पनि उनी दुब्लाउन सकेकी छैनन् ।
अभिनेता विपिन कार्कीको दुर्घटना भएपछि रोकिएको जात्रै जात्रा फिल्मको छायांकन सुरु भएको छ । यो फिल्मको छायांकनमा पनि बर्षाको मन खानेकुरामा नै गएको छ ।
बर्षाको इन्स्टाग्राम हेर्ने हो भने अहिले खानेकुराको भिडियोले भरिएको छ । अभिनेता विपिन कार्कीले पकाउँदै गरेको चिकेन होस् या अन्य परिकार, जात्राको सुटिङ भोज जस्तै देखिन्छ ।
फिल्मको छायांकन रमाइलोसँग गर्दा सबै जना मख्ख पनि पर्छन् । यसले काम पनि राम्रो निकाल्न सकिन्छ ।
बर्षा राउत फागूनमा बिहे गर्दैछिन् । बिहे गरेपछि पनि फिल्ममा नै लाग्ने उनको योजना छ । छायांकनको समयमा खानेकुरा देखेपछि बर्षाको मुखबाट पानी आउँछ । बर्षाले काम गर्लिन् कि खानेकुरा नै भिडियो बनाएर बस्लिन् ?
बर्षाजी, धेरै खानेकुरामा मात्र पनि फोकस नगर्नुहोस् है । काम विग्रिएलानी ।
प्रतिक्रिया