आर्यनको समर्पण प्रियंकालाई कि सपनालाई ?
अभिनेता आर्यन सिग्देलका लागि हजार जुनी सम्मको व्यापार महत्वपूर्ण छ । आफ्नै होम प्रोडक्शनको फिल्म कायराले व्यापार राम्रो नगर्दा आर्यन आफ्नो क्रेज फकाउन असफल रहे । यही भएर पनि विकासराज आचार्यको निर्देशनमा तयार भैरहेको हजार जुनी सम्म फिल्म आर्यनका लागि विशेष हुने नै भयो ।
यो फिल्मको छायांकन सिक्किममा भैरहेको छ । आर्यनलाई सिक्किम सेड्यूलले तानिरहेको छ । उनले, सिसाले बनाइएको पूलमाथि तस्बिर खिच्दै यो तस्बिर तिमीलाई समर्पण भनेर लेखेका छन् ।
आर्यन लामो दाह्री पालेको अवतारमा छन् तर रोमान्टिक छन् । आर्यनले यो तस्बिर समर्पण गरे भनेर कसलाई भनेका होलान् ?
एक त सपना भण्डारीलाई, जो उनकी श्रीमती हुन् । सपनासँग आर्यन छुट्टिएर बसेको पनि केही दिन भयो । यसैले उनी आफ्नो रोमान्टिक शैलीलाई श्रीमतीप्रति समर्पण गर्न चाहन्छन् । अर्को, यो फिल्ममा उनको जोडी बनेकी हिरोइनलाई । यो फिल्ममा आर्यनको जोडी प्रियंका कार्की बनेकी छिन् । प्रियंका र आर्यनको जोडीलाई पनि दर्शकले मन पराइसकेका छन् ।
आर्यनले सपना वा प्रियंका जसलाई यो तस्बिर समर्पण गरेतापनि, उनी रोमान्टिक भने देखिएका छन् ।
प्रतिक्रिया