प्रदिपको पोलिटिक्स कि मित्रता ?

अभिनेता प्रदिप खड्कालाई नेपाली फिल्ममा राजनीति गर्न जानेको कलाकार भनेर पनि चिनिन्छ । कलाकार खड्कालाई कुरा मिलाएर बोल्न, कलाकारसँग सम्बन्ध बनाउन खुबै आउँछ । अहिले उनी यूट्युबमा सार्वजनिक भएका फिल्मको ट्रेलरको प्रशंसा गर्दै थाकेका छैनन् ।

दि ब्रेकअपको ट्रेलर शेयर गरेर प्रशंसा गर्दा उनलाई स्वार्थी बनेको आरोप लागेको थियो । यही भएर हो कि किन हो, उनले आफ्नो मुख्य प्रतिस्पर्धी अनमोल केसीको फिल्म क्याप्टेनको ट्रेलर शेयर गर्दै आफूहरुको सम्बन्ध दाजु भाइको भएको बताए ।

प्रदिपको यो कुराले अनमोलका फ्यानको पनि मन पगाल्यो । प्रदिप खड्काले दि ब्रेकअपको ट्रेलर सार्वजनिक हुँदा शेयर गरेर स्वार्थी बनेको आरोपलाई चिर्न अनमोल केसीकै फिल्मको ट्रेलर शेयर गरेको पनि हुनुपर्छ ।
तर, प्रदिपले यो कुरालाई निरन्तरता दिनकै लागि यसो गरेका हुन् भने उनको यो तरिकाको प्रशंसा गर्न सकिन्छ ।

एउटा कलाकारले अर्को कलाकारलाई साथ नदिने हो भने फिल्म क्षेत्र माथि जाँदैन । यो तरिका प्रदिपको राजनीतिमा भन्दा पनि मित्रताका लागि थियो भने यसलाई तारिफ गर्नै पर्छ ।