सातै प्रदेशमा ‘सप्तरङ्ग’
माघ १८ गते देखी फागुन २ गते सम्म गृष्मा ब्रोडकाष्टिङ प्रा.लीको आयोजनामा ‘सप्तरङ्ग’ एक पृथक सांगितिक यात्रा हुने भएको छ । सद्भाव र ऐक्यवद्दताको मुख्य उदेश्य सहित उक्त कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले बताएको छ । कार्यक्रममा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारहरुको छनोट गरिएको छ ।
उक्त सांगितिक यात्रामा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट लगायतले सातै प्रदेशमा आयोजना हुने कार्यक्रममा आफ्नो प्रस्तुती राख्नेछन् ।
माघ १८ गते दमकबाट सुरु हुने ‘सप्तरङ्ग’ कार्यक्रम माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरामा पुगेर अन्त्य हुनेछ । कार्यक्रममा उपस्थित हुनका लागि दर्शकले कुनै शुल्क तिर्नु नपर्ने आयोजकले बताएको छ ।
सांगितिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकिय स्थानको प्रबर्धन र सम्भावनाको खोजी गरिने आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले बताए । यता कार्यक्रममा सहभागी कलाकारहरुले पनि व्यासायिक भन्दा पनि सद्भाव जोडिएको कार्यक्रम भएकोले सहभागी हुन पाउँदा एकदमै खुसी भएको बताए ।
प्रतिक्रिया