‘एफडी कम्पनी’मा दीपक राज गिरीको प्रवेश
नेपाली फिल्म वितरक ‘एफडी कम्पनी’मा निर्माता तथा कलाकार दीपक राज गिरी सामेल भएका छन् । नेपालमा फिल्म वितरणमा ‘एफडी कम्पनी’ले अग्रणी स्थान ओगट्दै आएको छ ।
‘सात जना मिलेर सुरु गरेको एफडी कम्पनीमा आज आएर हामी १३ जना पुगेका छौँ । हाम्रो पैसा कमाउने उदेश्य भन्दा पनि नेपाली फिल्मको वितरणलाई अझै ब्यवस्थित बनाउनु नै हो,’ एफडीका अध्यक्ष नरेन्द्र महर्जनले मेरोफिल्मसँग भने । ‘एफडीको सुरुवात देखी नै नेपाली फिल्मको मोफसल प्रदर्शन ब्यवस्थित बनेको हो । हामीले मोफसलको हरेक दिनको हरेक शोको ब्यवसायिक हिसाब ई-मेल मार्फत निर्मातालाई उपलब्ध गराउँदै आएका छौँ,’ महर्जनले भने । एफडीमा हामी सबै हल संचालकहरु आवद्ध छौँ, त्यसैले पनि फिल्म वितरण, प्रदर्शन र ब्यवसायिक पाटोमा सहजता ल्याउन केही हद सम्म सफल भएका हौँ र अझै प्रयाशरत छौँ, महर्जनको भनाई थियो ।
हाल एफडीमा नेपालगन्जको बागेश्वेरी सिनेमा, बुटवलको कालिका, नारायणगढको जल्मा र ईन्द्र देव, हेटौंडाको ॐ म्याक्स, पोखरको विन्दवासिनी लगायतका हल संचालकहरु छबी राज ओझा, राज कुमार पोखरेल, प्रदिप उदय, रेखा थापा, सुशिल पोखरेल, विरेन्द्र नारायण श्रेष्ठ, उत्तम दवा, कपिल प्रसाद दवा, नरेन्द्र महर्जन, विक्रम पराजुली, राजेश श्रेष्ठ, मुक्ती पिया लगायत हिस्सेदार रहेकोमा दीपकराज गिरी थपिएका हुन् । एफडीका सम्पूर्ण सेयर होल्डरहरु बराबरका साझेदार रहेका छन् । दिपकले कती लगानी गरेर एफडी जोइन गरेका हुन् भन्ने खुलेको छैन ।
प्रतिक्रिया